काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो अत्याधिक प्रतिक्षित स्मार्टफोन भिभो भी ५० लाईट नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शक्ति, उच्चप्रदर्शन र प्रोफेशनल फोटोग्राफी क्षमताको अनुपम संयोजनमा आधारित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताहरूका सबै आवश्यकताहरूलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
सार्वजनिक घोषणा एक विशेष स्ट्यान्डअप कमेडी शो “द लाईट शो”मार्फत गरियो, जुन हास्य, प्रविधि र मनोरञ्जनको सकारात्मक पक्षलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएकाे थियो । यस कार्यक्रममाभिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्कासहित नेपालका चर्चित कमेडियनहरू एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाको दमदार प्रस्तुति रहेको थियो । उनीहरूको रचनात्मकता हास्य पञ्चलाईनहरूले दर्शकहरूलाई हाँसो, रमाइलो र उत्साहले भरिएको एक अविस्मरणीय साँझ प्रदान गरेको थियो ।
भिभो भी ५० लाईटमा समावेश गरिएको ६५०० एमएएच ब्लु वल्ट ब्याट्रीे भीसिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमता भएका ब्याट्री हो । ९० वाट फ्ल्यास चार्ज प्रविधिले प्रयोगकर्ताहरूलाई केवल एक घण्टाको चार्जमै पुरै दिनचल्ने ब्याट्री शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै ५ वर्षको ब्याट्री हेल्थ एस्योरेन्स र १७०० चार्ज साइकल समर्थनले दीर्घकालीन टिकाउपनाको प्रत्याभूति दिने कम्पनीको भनाइ छ ।
फोनमा रहेको ६.७७ ईन्चको १२० हर्ज अल्ट्रा भिजनपि–ओलेड पञ्च–होल डिस्प्ले र ९४.२% स्क्रिन–टु–बडी रेसीयोले प्रयोगकर्तालाई अत्यन्तइमर्सिभ अनुभव प्रदान गर्ने र ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइल, आकर्षक ग्लो रिङ्ग क्यामेरा मोड्युल र हाई–ग्लस मेटालिक फ्रेमलेयसको प्रीमियम डिजाइनलाई अझ निखार दिने कम्पनीले जनाएको छ । फोनको कम्प्रेहेन्सिव कुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता विशेषताहरूले यसको दिगोपन र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीको दाबी छ ।
‘भिभो भी ५० लाईट दुई उत्कृष्ट प्रोसेसर विकल्पमा उपलब्ध छ – मीडियाटेक डीमेन्सिटी ६३०० ९फाईभ जी०वा स्नापड्रागन ६८५ ९फोर जी० । यी दुवै प्रोसेसरहरूले छिटो कनेक्टिभिटी, निरन्तर प्रदर्शन र स्मूद मल्टिटास्किङ सुनिश्चित गर्छन् । साथै सर्कल टु सर्च, लाईभ टेक्स्ट, एआई स्क्रिन ट्रान्सलेसन, एल्बम मेमोरिज र एआई सुपर लिंक जस्ता सुविधाहरूले दैनिक प्रयोगमा थप स्मार्ट अनुभव दिन्छन् ।’ कम्पनीले भनेको छ ।
फोनमा रहेको ५० एम पी सोनीआई एम एस् ८८२ मुख्य क्यामेराले औरा लाईट पोर्टेट र २ह गोल्डेन पोर्टेट जस्ता सुविधा प्रदान गर्छ, जसले हरेक फोटोलाई प्रोफेस्नल टच दिन्छ । सेल्फीप्रेमीहरूका लागि समर्पित ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउछन् र तस्वीरलाई अझ जीवन्त बनाउँछ ।
भिभो भी ५० लाईट दुई भिन्न भेरिएन्टमा उपलव्ध छ — ८ जीबी + २५६ जीबी स्टोरेज (फोर जी) संस्करणको मूल्य रु. ३७,९९९, र १२ जीबी + २५६ जीबी स्टोरेज (फाईभ जी) संस्करणको मूल्य रु. ४५,९९९ निर्धारण गरिएको छ । यी दुवै मोडेलहरू भिभोका सबै आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्ममार्फत नेपालभर सहज रूपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।





















