काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेर सुन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने गत शुक्रबारदेखि नै स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला २००५ रुपैयाँमा रहेको छ ।





















