skip this News Page Tips Ad Road Block

भोलिदेखि सगरमाथा दिवस मनाइँदै

Citizenlife ad 2082 falgun to baishak 2083

सोलुखुम्बु । भोलिदेखि ७२ औँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ। भोलिदेखि तीन दिन खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ नाम्चेमा सगरमाथा दिवस मनाउने तयारी गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका साथ ७२ औँ सगरमाथा दिवस मनाउन लागेको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिएका छन् ।

दिवसको अवसरमा ३ दिनसम्म नाम्चे बजारमा खुला भलिबल प्रतियोगिता, मिनी म्याराथन, शेर्पा नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको नाम्चे युवा समूहका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाले जानकारी दिएका छन् । सांगितिक कार्यक्रमका लागि गायक राजु लामा र उनको ब्यान्ड मंगोलियन हर्ट खुम्बु पुग्ने आयोजकले जनाएको छ ।

सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको दिनको अवसरमा हरेक वर्ष मे २९ मा सगरमाथा दिवस मनाउने गरिन्छ । सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेकेका थिए । यता पर्यटन विभागका अनुसार वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म तीनसय ९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।

Health Tips Ad Road Block