ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

जुनकुनै विपदको पूर्व तयारीमा जुट्न गृहमन्त्री लेखकको आह्वान

मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जुनकुनै विपद्को पूर्व तयारीमा जुट्न सबैलाई आह्वान गरेका छन् । पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार, जल तथा पदयात्रासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा छलफल गर्दै उनले यस्तो आह्वान गरेका हुन् । सरकारी र गैरसरकारी दुवै निकाय विपद्को पूर्व तयारीमा लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार, जल तथा पदयात्रासँग सम्बन्धित निकायको भूमिका, दक्षता, उपलब्ध जनशक्ति एवं सामग्रीको बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छलफलको आयोजना गरेको थियो ।

प्राधिकरणको सभाहलमा भएको छलफलमा नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज, हिमाली समुदाय जलवायु मैत्री संगठन, हिमालयन उद्धार संघ नेपाल , पर्वतारोहण संचालक संघ नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतारोहण संघका पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति रहेको थियो।

छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी ई. दिनेश भट्ट, अन्य अधिकारीहरु, तीनै सुरक्षा निकायका विपद् हेर्ने अंगका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको पनि सहभागिता थियो।

उनले नेपाल पूर्वमनसुनको अवस्थामा रहेको भन्दै मन्त्री लेखकले प्राधिकरण यस सम्बन्धमा निरन्तर छलफलमा रहेको र त्यसको व्यवस्थापनमा जुटेको जानकारी दिए । निजी क्षेत्रका विभिन्न संस्थाहरु र्‍याफ्टिङ एशोसिएशन लगायतका संस्थाहरुसँग यस्तो रेस्क्यु गर्ने ज्ञान, सीप र क्षमता हुने भएकाले उनीहरुसँग परामर्श लिएको पनि उनले बताए । सरकारी र गैरसरकारी सबै क्षेत्र यसमा एकजुट भएर लाग्नुपर्नेमा उनले पटक-पटक जोड दिएका छन् ।

Health Tips Ad Road Block