ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एक वर्षमा ४९ प्रतिशतले बढ्यो सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षमा सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार एवं गतिबिधि उल्लेख्य मात्रामा बढेको उल्लेख गरेको छ । वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी न्यूजलेटर सार्वजनिक गर्दै राष्ट्र बैंकले एक वर्षमा यसतो गतिबिधि ४९ प्रतिशतले बढेको जानकारी दिएको हो । न्यूजलेटरमा भनिएको छ, ‘ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६,२५५ रहेकोमा सन् २०२४ मा सो संख्या करिब ४९ प्रतिशतले वृद्धि भई ९,३०४ पुगेको छ ।’

सन् २०२४ (जनवरीदेखि डिसेम्बरसम्म) का गतिविधिहरू समेटेर न्यूजलेटर प्रकाशन गरेको केन्द्रीय बैंकले जनाएको जनाएको छ । न्यूजलेटर (चौथो संस्करण) मा इकाईको सन् २०२४ का मुख्य–मुख्य काम कारबाही, जानकारीमूलक सामग्री तथा लेखहरू समावेश गरिएको छ ।

सन्२०२४ मा इकाईले जम्मा १,८९४ प्रतिवेदन विश्लेषण गरेकोमा सो मध्ये १,०८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरेको न्यूजलेटरमा उल्लेख छ । यसरी पठाइएका प्रतिवेदनमध्ये ८०८ वटा प्रतिवेदनमध्ये भविष्यमा थप जानकारी प्राप्त भएमा राष्ट्र बैंकले पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको पनि राष्ट्र बैंकले उल्लेख गरको छ ।

त्यस्तै, सूचक संस्थाहरूले राष्ट्र बैंकमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकामा गत वर्ष अर्थात् सन् २०२४ मा सो सङ्ख्या १९ लाख ७२ हजार ८५५ पुगेको जनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरुको सङ्ख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । “सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संङ्या सन् २०२३ को अन्त्यमा एक हजार ४९६ रहेकामा सन् २०२४ को अन्त्यमा एक हजार ९०५ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।




Health Tips Ad Road Block