ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नयाँवर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टक टाइम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर “न्यु इयर, न्यु मी विद एनसेल एण्ड रियलमी” नामक विशेष योजना सार्वजनिक गरेको छ । टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँवर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्न सक्ने बताइएको छ ।

यस योजनाअन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात भएको कम्पनीको भनाइ छ ।

नयाँ रियलमी सी ७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध रहेको छ । ८+१२८ जिबिको लागि मूल्य रु.२६,९९९ र ८+२५६ जिबिको लागि रु. २९,९९९ रहेको छ । फोनमा ६००० एमएएचको ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिने कम्पनीले जनाएको छ । आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोनपानी, धुलो र झट्काबाट सुरक्षित हुनेछ । वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन एक उपयुक्त रोजाइ हुने कम्पनीको भनाइ छ ।

यो अफर देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block