ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

तपाईसँग भएको शेयरको हकप्रद भर्न भुल्नुभयो कि ! दोर्दीको १ः१ अनुपातको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चैत १९ गतेदेखि निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज बैंकिङ समयभित्रमा लगानीकर्ताले दोर्दीको हकप्रद शेयर भर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सिआस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

Health Tips Ad Road Block