ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

ट्रेड टावरको आईपीओ निष्काशन, क–कसले दिन पाउँछन् आवेदन ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ट्रेड टावर लिमिटेडले आज (२०८२ वैशाख ८ गते)देखि प्राथमिक शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९।३० कित्ता शेयर निष्काशन गरेको हो। यो आईपीओमा १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैशाख २२ गतेसम्म यस आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेड गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।

Health Tips Ad Road Block