skip this News Page Tips Ad Road Block

समग्र उद्योग ट्रेड यूनियन हिमाल पावर खिम्ती दोलखाका श्रमिकले ३ बुँदे माग राख्दै विद्युत् प्राधिकरणमा बुझाए पत्र

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । समग्र उद्योग ट्रेड यूनियन, नेपाल हिमाल पावर लिमिटेड खिम्ती, दोलखाका कर्मचारीले विद्युत प्राधिकरणसमक्ष ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । यूनियनले हिमाल पावर लिमिटेडका कर्मचारीहरु विगत लामो समयदेखि विभिन्न पदमा स्थाई श्रमिकको रुपमा काम गर्दै आइरहेको उल्लेख गर्दै उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाल सरकार र हिमाल पावर लिमिटेड बीचमा भएको खिम्ती १ जलविद्युत केन्द्रको विद्युत खरिद बिक्री तथा संचालन सम्झौता सन् २०२० को जुलाई ११ मा नै सकिएको अवगत छँदैछ । सम्झौताको म्याद सकिएको पनि ४ वर्षभन्दा बढी समय व्यतित भइसकेको छ। सम्झौताको म्याद सकिनुभन्दा पहिले नै नयाँ जेभि कम्पनि बन्न नसकेका कारण श्रमिकहरुको खाईपाई आएको सेवा सुविधा र रोजगारीको सन्दर्भमा एक प्रकारको अन्यौलताको स्थिति रहेको छ। हामी छिटोभन्दा छिटो जेभि कम्पनीको स्थापना होस् भन्ने चाहन्छौं।’

ध्यानाकर्षण पत्रमा जेभि कम्पनीको नयाँ सम्झौतामा श्रमिकहरुका ३ वटा विषय स्पष्टताकासाथ उल्लेख होस् भनि ध्यानाकर्षण पत्र पेस गरिएको भनेर उल्लेख गरिएको छ । यूनियनका अध्यक्ष केशव बहादुर केसीका अनुसार यूनियनका मागहरु यसप्रकार छन्ः–

१. श्रम ऐन २०७४ को दफा १४ बमोजिम स्वामित्व परिवर्तन भएमा पनि रोजगार सम्बन्ध कायमै राख्न र दफा ३४ को ३ बमोजिम विगतमा खाईपाई आएको पारिश्रमिक तथा सेवा सुविधाहरु नघट्‌ने गरी व्यवस्था गर्नुका साथै विगतमा भएका सम्झौता र विनियमावलीले गरेको व्यवस्था बमोजिमका सुविधाहरु थप हुँदै जाने र सेवा अवधि क्रमिक गणना हुने व्यवस्था गरियोस् ।

२. श्रमिक कर्मचारीहरुको सेवा सुविधाको विषयमा अन्य कुनै विशेष निर्णय गर्नुपर्ने भएमा यस प्रतिष्ठानमा रहेको क्रियाशिल ट्रेड यूनियनसँग सहमति गर्नु पर्ने व्यवस्था गरियोस् ।

३. नेपालका प्रायः सबै जलविद्युत कम्पनीहरुले आफ्‌ना कर्मचारीहरुलाई शेयर लगानी गर्न पाउने प्रचलन रहँदै आएकाले यस कम्पनीमा पनि कर्मचारीहरुलाई शेयर दिने व्यवस्था गरियोस् ।

Health Tips Ad Road Block