काठमाडौं । २०८१ सालको अन्तिम दिन चैत ३१ गते आज सुनको मूल्यले नेपाली बजारमा हालसम्मकै उच्च मूल्य कायम गरी रेकर्ड बनाएको छ । मूल्य १ लाख ८६ हजार रुपैयाँ तोलामा पुगेर रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्यले गत बिहीबारदेखि लगातार रेकर्ड बनाइरहेको छ । शुक्रबारको तुलनामा भने मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । शुक्रबार सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
आज चाँदी प्रतितोला १९६० रुपैयाँ रहेको छ ।





















