skip this News Page Tips Ad Road Block

नयाँ बर्षमा एलिका ब्रान्डका उत्पादनहरूमा ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अफर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नववर्ष २०८२ को अवसरमा, सिजी इलेक्ट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ नामक विशेष अभियानको शुभारम्भ गरेको छ । यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

उक्त अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु रहेको कम्पनीको भनाइ छ । ‘एलिकाका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उत्कृष्ट प्रदर्शन र दीर्घकालीन टिकाउपनको सुनिश्चितता प्रदान गर्छन् ।’ कम्पनीले भनेको छ ।

यस अभियान अन्तर्गत, ग्राहकहरूले एलिकाका किचन उपकरणहरू जस्तै कुकटप र हब, कुकिङ रेन्ज, बिल्ट-इन ओभनर माइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क सिजी इलेक्ट्रिक किट्ली प्राप्त गर्न सक्ने कम्पनीको् भनाइ छ । यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउने कम्पनी बताउँछ ।

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, शुन्य प्रतिशत इएमआइ र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । साथै पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको कम्पनीको भनाइ छ । क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । एलिकाजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको जनाएको छ ।

Health Tips Ad Road Block