skip this News Page Tips Ad Road Block

शैक्षिक सत्र २०८२ का लागि दुर्गम र हिमाली सबै जिल्लामा पाठ्यपुस्तक पुगिसक्योः केन्द्र, यदि नपुगेको भए के गर्ने ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का लागि दुर्गम र हिमाली जिल्लासहित सबै जिल्लाहरुमा पाठ्यपुस्तक पठाईसकेको छ । मुगु जिल्लाका २ ओटा स्थानीय तहबाहेक अन्य सबै स्थानीय तहका बिक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको जानकारी जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको सचिवालयले जनाएको छ ।

केन्द्रले कूल १,७०,५०,९०० थान पाठ्यपुस्तक छपाई गरेकोमा २०८१ साल चैत्र २९ गतेसम्ममा विभिन्न ९ ओटा प्रादेशिक केन्द्रहरूबाट ७५,९४,०७५ थान पाठ्यपुस्तक बिक्री भएको र आवश्यकताअनुसार पाठ्यपुस्क मौज्दात रहेको जनाएको छ ।

कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा वितरण केन्द्रहरू वा सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न केन्द्रले अनुराेध गरेको अनुरोध छ ।

त्यसैगरी शिक्षा मन्त्रालय‍को फोन नं. ०१–४२००३५३ मा पनि सूचना दिन सकिने पनि मन्त्री भट्टराईको सचिवालयले उल्लेख गरेको छ ।

Health Tips Ad Road Block