skip this News Page Tips Ad Road Block

बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो साइमेक्स इंक

Citizenlife ad 2082 falgun to baishak 2083

चीन । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा।लि। ले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरुलाई उनीहरूको अभुतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो ।

नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिएबापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको हो । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड , एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ ।

यसका साथै बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरेबापत धेरै व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरे ।

नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा।लि। ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त गर्यो । त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रालिले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रालिले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरे ।

‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौ ।’, साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले भने ।

‘बीवाईडीले मेरो कडा परिश्रमको पहिचान गरेकोमा म अविश्वसनिय रुपमा गर्व र कृतज्ञ महसुस गरेको छु । कार बिक्री गर्नु मात्र होइन, यो एक भिजनलाई ड्राइभ गर्नु, मानिसहरुलाई दिगो भविष्य अंगाल्नका लागि मद्दत गर्नु र वास्तविक रुपमा केही फरक देखाउनु हो । मेरा प्रत्येक रातका योजना, प्रत्येक चुनौती र प्रत्येक कार्यबाट यो अवस्था आइपुगेको छ र यसका लागि मेरा ग्राहक तथा मेरो टिमले मप्रति गर्नुभएको विश्वासका लागि सबैप्रति कृतज्ञ छु ।’, साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनालले भने ।

साइमेक्स इंकले आफ्ना ग्राहक, साझेदार र सरोकारवालाको निरन्तर विश्वास र समर्थनको लागि कृतज्ञता व्यक्त गरेको छ । पुरस्कार पाएपछि उत्साहित हुँदै कम्पनीले नेपाललाई अझै सफा र दिगो भविष्यतिर लैजाने कार्यका साथ अर्को वर्ष समेत अझै सफल हुने अपेक्षा गरेको छ ।

Health Tips Ad Road Block