skip this News Page Tips Ad Road Block

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरुसहितको ‘थ्रिल अफ थ्री’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यामाहा नेपालले नयाँ वर्षको सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ ’सँगै गर्ने भएको छ । यामाहाका फ्यानहरूलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किम भएको कम्पनीले जनाएको छ । यो स्किम यामाहा मोटरसाइकल र स्कूटरहरूको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि भएको कम्पनीको भनाइ छ । एक जोशिलो राइडर, ट्रेन्ड सेटर वा पर्फर्मेन्स खोज्ने व्यक्तिले यामाहाले ल्याएको यो विशेष अफर विशेषरुपमा लिनसक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारहरू जित्न सकिनेछ ।

१. एक्साइटमेन्ट शेयर गरेर रु.१,००० जित्न सकिने 

आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरेर तत्काल रु. १,००० जित्न सकिनेछ ।

२. स्टाइल देखाएर रु. ५०,००० सम्म जित्न सकिने

नजिकैको यामाहा डिलरशिपमा गई आफूले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाएर रू. ५०,००० रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाइनेछ ।

३. पर्फर्मेन्स अँगालेर रू. १,००,००० रुपैयाँसम्म जित्न सकिने

योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गरे। १,००,००० रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाइनेछ ।

त्यस्तै कम्पनीका अनुसार ग्राहकहरूको लागि थप लाभहरू रहेका छन् । नगद पुरस्कारहरूको साथसाथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्ने जनाएको छ ।

●स्पट एक्सचेन्ज
●इजी फाइनान्स
●छानिएका मोडेलहरूमा शुन्य प्रतिशत ब्याजको ईएमआई

‘थ्रिल अफ थ्री’ स्किम केवल अफर मात्र होइन, यसले यामाहाको इनोभेसन, एक्साइटमेन्ट र ग्राहक संलग्नता प्रतिको जोशलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ । उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटरहरू थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फर्मेन्स रोज्नेहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र असाधारण आफ्टर सेल्स सर्भिसको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो । नेपालमा बलियो उपस्थिति भएको यामाहा विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न समर्पित छ ।

घरमा यामाहा ल्याउने र रोमाञ्चको प्रत्यक्ष अनुभव गर्ने यो उत्तम समय भएकाले आजै आफ्नो नजिकको यामाहा शोरूममा गएर ‘थ्रिल अफ थ्री उत्सवको हिस्सा बन्न कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block