skip this News Page Tips Ad Road Block

प्रदर्शनका नाममा निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरद्धारा आपत्ति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भिर आपत्ति जनाएको छ । काठमाडौंको बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले गम्भिर आपत्ति जनाएको हो ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार सहित दुई युवाको दुःखद निधन भएको छ, सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा संचारगृहमा समेत क्षति पुगेको छ, ।’ यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भत्र्सना गर्दै चेम्बर अफ कमर्सले शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ ।

प्रर्दशनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ ।

आन्दोलनका क्रममा मानवीय जीवनमा समेत दुःखद क्षति भएको उल्लेख गर्दै चेम्बरले ज्यान गुमाएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदनना व्यक्त गरेको छ ।

मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको अवस्थामा भए÷गरेका यस्ता खाले उच्छृङखल गतिविधिले अर्थतन्त्रलाई थप धरासायी बनाउने भएकाले संयमित हुन सबै सरोकारवालालाई चेम्बरले अनुरोध गरेको छ ।

 

Health Tips Ad Road Block