काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् चैत ७ गते बुक क्लोज गर्ने भएको छ । सोहीअनुरुप आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन पाउने र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सको ७६ औँ वार्षिक साधारण सभा चैत १९ गते, मंगलबार, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी , काठमाडौंमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
उक्त साधारण सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विविध प्रस्तावहरु पारित गर्नेछ।






















