काठमाडौं । मंगलबारको तुलनामा तोलामा ८ सय रुपैयाँले बढेर बुधबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (चैत ६ गते) सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा पुगेर हालसम्मकै उच्च विन्दुमा काराेबार भएकाे छ ।
मंगलबार मात्रै ताेलकाे १ लाख ७५ हजार २ सय रुपैयाँमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
चाँदीको भाउ घटेर तोलाको २०४५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















