ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

२०८० यता बाढी लगायत मनसुनजन्य विपद्मा परी बेपत्ता नागरिकका परिवारले क्षतिपूर्ति पाउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अब २०८० साल यता बाढी लगायत मनसुनजन्य विपद्मा परी बेपत्ता नागरिकका परिवारले क्षतिपूर्ति पाउने भएका छन् । देशैभर वि.सं. २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका नागरिकको परिवारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत पाउने भएका हुन् ।

२०८१ फागुन १२ गते बसेको मन्त्रीपरिषद् बैठकले मनसुनजन्य प्रकोपमा बेपत्ता भएको व्यक्ति कम्तिमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

यस व्यवस्थाले पीडित नागरिकको परिवारमा थोरै भएपनि राहतको अनुभूती हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपद्मा बेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गरिएको उनको सचिवालयले जनाएको छ ।

वि.सं. २०८० असार २ गतेको अविरल वर्षाका कारण बाढीबाट संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायतका जिल्लामा दर्जनौँ मानिस बेपत्ता भएसँगै संखुवासभाका प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री खड्काले वेपत्ता नागरिकको क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । उक्त बाढीमा परेर संखुवासभाको हेवाखोलामा मात्र १९ नागरिक बेपत्ता भएका थिए ।

Health Tips Ad Road Block