काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बै.कले जनाएको छ ।
यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने बैंकले जनाएको छ ।
सो खाताबाट ग्राहकहरुले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्ने बै.कले जनाएको छ । एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली, जो कोहीले पनि जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्ने बै.कको भनाइ छ ।
एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध रहेको र सो खातामार्फत सबै नागरिकले प्रतिबद्धता जनाउन सक्ने बे.कले जनाएको छ ।
एनएमबिबैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेको छ ।






















