ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अमेरिकाको ४७ औँ राष्ट्रपतिकारुपमा डोनाल्ड ट्रम्पले सम्हाले कार्यभार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्व शक्तिराष्ट्र संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । राजधानी वासिङ्टन डिसीमा भव्य समारोहकाबीच ट्रम्पले पद तथा गोपनीयताको शपथग्रहण गर्दै पदभार सम्हालेका हुन् ।  दोस्रो कार्यकालका लागि निर्वाचित ट्रम्पलाई अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले शपथग्रहण गराए ।

शपथ ग्रहणपछि राष्ट्रपति ट्रम्पले अमेरिका अब स्वर्ण युवमा प्रवेश गर्ने उद्घोष गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको उनले सुनाए । यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको ट्रम्पको भनाइ रहेको छ ।

नयाँ राष्ट्रपतिका रूपमा उनले पहिलो दिन नै आप्रवासन तथा देश निकालासम्बन्धी आदेश, सम्भावित हुलदंगालाई मध्यनजर गर्दै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय आपत्कालको घोषणा लगायतका विषयमा आदेशात्मक हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो।

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए । यसअघि उनी सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । सन् २०२० मा जो वाइडेनसँग पराजित भएपछि भने सन् २०२१ जनवरीमा उनी ह्वाइट हाउसबाट बिदा भएका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, पूर्वउपराष्ट्रपतिहरू, मनोनीत मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।

यसैबीच अमेरिकाको उपराष्ट्रपतिमा जेडी भान्सले पनि शपथ लिएका छन् ।

विश्वका उदाउँदा दुई ठूला शक्तिराष्ट्रहरु चीन र भारतको बीचमा नेपाल रहेकाले ट्रम्पको चीन र भारतप्रतिको नीतिले नेपालमा पनि आर्थिक एवं अन्य हिसाबले असर पर्ने विश्लेषकहरुको तर्क रहेको छ ।

Health Tips Ad Road Block