ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव सम्पन्न, अर्थमन्त्री र गभर्नरले गरे बजारमा भएका बैंकिङ चुनौतीका कुरा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार बैंक परिसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी लगायतको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै कृषि विकास बैंकको प्रशंसा गरे । उनले पछिल्लो समय बैंकिङ बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनुलाई चुनौतीको रुपमा हेर्नुपर्ने बताए । अर्थतन्त्रका सूचकहरु क्रमशः सकरात्मक दिशामा अगाडि बढिरहेको भन्दै उनले बैंकहरुमार्फत थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा आएको अराजकताको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताएका छन् । उनले वर्तमान समयमा बैंकिङ क्षेत्रमा आएको अराजकताले दिर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् ।

सो अवसरमा बैंकले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनी, कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय लगायतले शुभकामना दिँदै बैंकका आगामी कदमबारे भनाइ राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले बैंकको समग्र गतिविधिबारे जानकारी दिँदै सबैलाई स्वागत गरेका थिए ।

समारोहमा बैंकको नयाँ वेब साइटको शुभारम्भ गरिएको थियो भने बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्रले सम्मान गरिएको थियो ।

Health Tips Ad Road Block