ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र एसिएमएबीच ४ बुँदे सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल( एनएडिए) अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिल ( एयसडिसि) र अटोमोटिभ कम्पोनेण्ट म्यानुफयाक्चर्स एशोसिएशन (एसिएमए) बीच त्रिपक्षियरुपमा चार बुंँदे सम्झौता भएको छ । सम्झौतामा एनएडिएका तर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएको तर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन् ।

यस्ता छन् चार बुँदे सम्झौताः

१. यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मूल््यांकनकर्ताहरू र नाडा व्यवसायीहरुलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

२.अटोमोटिभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पु¥याउन, गुणस्तर र तालिम क्षमताहरूको दूरीलाई सम्बोधन र यसको वृद्धिका लागि गुणस्तरीय तालिम क्षमताहरु उपलब्ध गराउने छ ।

३. तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरु पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न शीप विकासका तालिमकर्ताहरु र मूल्यांकनकर्ताहरूको विकास गरिनेछ ।

४.भारतको अटोमोटिभ क्षेत्रको लागि शीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिभरी र मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसँग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पु¥याउने कार्य गर्नेछन् भनिएको छ ।

यो त्रिपक्षीय सम्झौता नेपाल र भारतबीचमा खासगरी नेपालको अटोमोवाइल क्षेत्रको शीप विकासको लागि कोशेढुङ्गा सावित हुने विश्वास एनएडिएले लिएको छ ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडिए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

सो हस्ताक्षर समारोहमा एयसडिसीका तर्फबाट अध्यक्ष एफ.आर. सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी एसिएमएका तर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो । त्यस्तै एनएडिएका तर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रोती लगायतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block