काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड नाफा कमाएका छन् । अघिल्लो वर्षको पुससम्ममा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ७६ करोड रहेको थियो ।
२० वटा वाणिज्य बैंकमध्ये ११ वटाको नाफा बढेको छ भने बाँकी ९ वटाको घटेको छ । सोमबार सार्वजनिक विवरणअनुसार प्रभु बैंकको नाफा सबैभन्दा धेरै ८५.४९ प्रतिशतले बढेको छ । ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेर नबिल बैंक धेरै नाफा गर्नेमा रहेको छ ।
एनआईसी एसिया, कुमारी, नेपाल, सिटिजन्स, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा खुम्चिएको छ । एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै ९२.०३ प्रतिशतले खुम्चिएको छ । पुस मसान्तसम्म बैंकले १५ करोड १७ लाख नाफा गरेको छ। अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ९० करोड नाफा गरेको थियो ।
यो अवधिमा औसतमा वाणिज्य बैंकहरुको नाफा ४.६२ प्रतिशतले खुम्चिएको छ ।






















