ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बैंक र अर्थतन्त्र दुवै डुब्ने हल्ला के हो ? अर्थमन्त्री यसो भन्छन्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने दाबी गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र र बैंक दुबै डुब्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले भने, ‘कतिपय मानिसहरुले जहाँसम्म बैंक डुब्यो आदि, इत्यादि भन्छन् । त्यसले महत्व पाउनु हुँदैन भन्ने थियो । बैंकहरु डुबे, अर्थतन्त्र डुब्यो भन्ने प्रचारहरु पनि भएका छन् । न बैंकहरु डुबेका छन्, न अर्थतन्त्र डुबेको छ । अर्थतन्त्र डुबेको पनि छैन, बैंक पनि डुबेको छैन । हामी छौं । अर्थतन्त्र डुब्न पनि दिँदैनौंँ । बैंक पनि डुब्न दिँदैनौं । म यति कुरा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । ’

उनले अर्थतन्त्र क्रमशः क्रमशः सुध्रिँदै आएको दोहोर्याए । क्रमशः अर्थतन्त्रले लय समाउँदै गएको अर्थमन्त्रीको दाबी छ । ‘अर्थतन्त्र डुब्यो भनेर हावादारी टिप्पणी गर्नुको केही अर्थ छैन भन्ने मलाई लाग्दछ ।’ उनले भने । मानिसमा बैंक डुब्यो भनेर भ्रम फैलाउने कोशिश पनि हुनसक्ने भन्दै यसबाट सचेत हुनुपर्ने उनको भनाइ छ ।

अर्थतन्त्र डुब्यो भनेर नकारात्मक हल्ला गर्नेहरुको पछि नलाग्न पनि उनले सबैसमक्ष आग्रह गरेका छन् ।

Health Tips Ad Road Block