ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

महासंघ भन्छ–नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधि तत्काल आउनुपर्छ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधी तत्काल ल्याउन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधी ल्याउन सरकारसँग माग गरेका हुन् । सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै उनले अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताए ।

‘उद्योग वाणिज्य महासंघले लामो समयदेखि नीतिगत सुधारको लागि सरकारसँग बहस पैरवी गर्दै आएको थियो । महासंघको आग्रह अनुसार सरकारले अहिले गरेका नीतिगत सुधारले हामी उत्साहित भएका छौं । तर यो पर्याप्त छैन । लगानीका लागि अझै थुप्रै कानुनी सुधार आवश्यक छ।’ उनले भने । अध्यक्ष ढकालले अध्यादेशको भावनाअनुसार छिटोभन्दा छिटो नियमावली वा कार्यविधी ल्याउन समेत आग्रह गरे । र ,तर ,वा को कारण यसको कार्यान्वयनमा जटिलता आउन नहुनेमा अध्यक्ष ढकालको जोड थियो ।

प्लास्ट नेपाल फाउण्डेशन नेपालको दशौं वार्षिक साधारण सभाका अवसरमा उनले सरकारले केही कानुनी सुधार गरे पनि लगानीका लागि अझै थप कानुनी सुधार आवश्यक भएको धारणा राखेका छन् । यस्तै उनले प्लाष्टिकजन्य वस्तुको पुनः प्रयोगमा समेत जोड दिएका छन् ।

प्लास्टिक उद्योगले यसको उत्पादन, वितरण, बिक्री, र रिसाइक्लिङ प्रक्रिया गरि हजारौं व्यक्तिहरूलाई रोजगारको अवसर प्रदान गरेको उल्लेख गर्दै प्लास्टिकजन्य वस्तुको पुनः प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

‘प्लास्टिकजन्य वस्तुको प्रयोग कम गर्नु पर्ने कुराहरु छ्न् । गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । तर यसमा प्रयोग हुने कच्चा पदार्थका लागि विदेशीने मुद्रा खर्चिनु पर्ने अवस्था छ । पुनः प्रयोग गर्न सके यसको लागि विदेशीने मुद्रा जोगाउन सकिन्छ।’ उनले भने ।

Health Tips Ad Road Block