ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आठौँ संस्करणको विराट एक्स्पो २०२५ःगुणस्तरीय व्यवस्थापन प्रणाली स्वः परीक्षणको व्यवस्था

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म हुने आठौँ सस्करणको विराट एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका बारेमा आवश्यक जानकारी दिने भएको छ । त्यसका लागि आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्र्तगत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वः परीक्षणको व्यवस्था गरेको छ ।

माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणालीअनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ/छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरीय व्यवस्थापन प्रणालीको परीक्षण गर्न सक्ने छन ।

एक्स्पो अवधिमा डिजिटल प्लेटफर्ममार्फत आफैं मोबाइलमार्फत आफ्नो उद्योगको व्यवस्थापकीय क्षमताका आँकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाईएको आयोजकले जनाएको छ । यो स्वः परीक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाण पत्र प्राप्त गर्न के–के गर्नुपर्दछ, कुन-कुन विषयमा क्षमता विकास गर्नुपर्दछ भन्नेबारे जानकारी उपलब्ध गराउने विश्वास लिइएको छ । यो प्लेटफर्म संगठनले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको प्रारम्भिक चरण भएको उद्योग संगठनले जनाएको छ ।

 

Health Tips Ad Road Block