ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

भारतको नयाँ दिल्लीमा नाडा प्रतिनिधिमण्डलले गर्याे नेपाल–भारत व्यापार सम्झौताबारे छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार सम्झौताको विषयमा छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डिया (इइपिसी) का राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग नेपाल र भारतको व्यापार सम्झौतालाई थप विस्तार र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । द्धिपक्षीय आयात निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा पहिलो चरणको छलफल सम्पन्न गरेको हो ।

अर्को चरणको छलफलको लागि दुवै पक्षले अर्को मिति तोकेर भारतको इइपिसीलाई नेपालमा निमन्त्रणा गर्ने भएको छ । उक्त छलफलमा अटोमोबाइल कम्पोनेन्ट, अटोमोबाइल स्पेयर पार्टस र विद्युतीय सवारी साधनहरुका विषयमा छलफल गरिने बताइएको छ ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोबिलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

उक्त छलफलमा इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डिया (इइपिसी) का तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह–निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिपमित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो । त्यसैगरी नाडाको तर्फबाट निवर्तमान अध्यक्ष डा. धु्रव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block