ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

मन्त्री भन्छन्–कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने दाबी गरेका छन् । किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा  मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए ।

‘अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ । त्यसैले अब कृषिलाई व्यवसायिक बनाउन आवश्यक छ,’ मन्त्री अधिकारीले भने ।

‘बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी छ,’ मन्त्री अधिकारीले भने, ‘यसका लागि तिनै तहका सरकारको सामूहिक प्रयास जरुरी छ,’ मन्त्री अधिकारीले भने ।

‘कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भइरहेको छ तर हामीले खाने आन्न तरकारीले रोग निम्त्याईरहेने अवस्था आउनु हुँदैन,’ मन्त्री अधिकारीले भने, ‘अब विषादी न्यूनीकरण गर्नेतर्फ पनि सबैको प्रयास जरुरी छ,’ मन्त्री अधिकारीले बताए ।

Health Tips Ad Road Block