काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको ३८८ औँ बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश प्रदान गर्नका लागि नेपाल बीमा प्राधिकरणसँग स्वीकृति माग गर्ने र नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात् कम्पनीको २५औं वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।






















