काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कर्पाेरेशनको गत बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ मा संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई तीन करोड बिस लाख एकहत्तर हजार छ सय पन्चान्नब्बे रुपैयाँ बराबरको १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको विभागीय प्रबन्धक एवं कम्पनी सचिव उमेश कुमार ओझाले जानकारी दिएका छन् ।























