ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

जलवायु परिवर्तनको प्रभावले आर्थिक, सामाजिक विषमता सिर्जना गर्न सक्नेतर्फ सबै सजग बन्नुपर्छः अर्थमन्त्री पौडेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले जलवायुु परिवर्तन र व्यापारमा दिगोपनाका मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेकाले सबै मुलुकहरु मिलेर समाधान गर्नेतर्फ लाग्नुुपर्ने धारणा व्यक्त गरेका छन् । विश्व व्यापार संगठन(डूुव्लुुटियो) र काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गदै अर्थमन्त्री पौडैलले नेपाल जलवायु परिर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताए । कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरुको समेत विकेन्द्रीकरण गरी आपूर्ति श्रृंखलामा समेत विविधिकरण गर्न आवश्यक रहेको उनको भनाई छ ।

दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिवीच छलफल गर्न सम्मेलनमार्फत ठूलो सहयोग पुुग्ने अर्थमन्त्रीको विश्वास रहेको छ ।

जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले संभव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनको भनाई छ । ठूलो लगानीमा निर्माण गरेका पुर्वाधारका संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्ति बाढी,पहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलबायुुमैत्री विकास प्रक्रियामा क्रियाशिलता लिनुुपर्ने उनको भनाई छ ।

आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेकाले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी हुने अर्थमन्त्रीको भनाई छ ।

विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा रहेको दक्षिण एसिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको बताउदेै अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावले ठूलो आर्थिक एवम् सामाजिक विषमता सिर्जना गर्न सक्नेतर्फ सबै सजग हुनुपर्ने धारणा राखे ।

दक्षिण एसिया कृषि उत्पादन र यसको व्यापारका लागि महत्वपूर्ण हिस्सा भएकाले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउन सक्ने चुनौतीलाई सामना गर्ने गरी जलबायुु स्मार्ट कृषिको प्रभावकारी कार्यान्वयनको रणनीति बनाउन आवश्यक रहेको उनको भनाई छ ।

जलवायु परिवर्तनले प्रचुर सम्भावना भएको स्वच्छ उर्जाको उत्पादन, विकास एवम् अन्तर क्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्यूनीकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग उत्तिकै आवश्यक रहेको उनको भनाई छ ।

सम्मेलनमा जलवायु परिवर्तनको जोखिम कम गर्दै दक्षिण एसिया क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापारमा दिगोपना ल्याउने विषयमा गहन छलफल र विचार विमर्श हुनेछ र सरकारलाई समेत महत्वपूर्ण सुझाव प्राप्त हुने उनको भनाई छ ।

Health Tips Ad Road Block