ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पर्यटन मन्त्री भन्छन्–पर्यटन दशक २०२५–२०३५ सम्पन्न गर्न कार्ययोजना बनिरहेछ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटन दशक (२०२५–२०३५) सम्पन्न गर्न कार्ययोजना बनाउने काम भईरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसअघि सन् २०२२–२०३२ पर्यटन दशक घोषणा गरिएको भए पनि कार्ययोजना नबन्दा पर्यटक दशक अघि बढन सकेन । पर्यटन दशक २०२५–२०३५ भव्यरूपमा सम्पन्न गर्न कार्ययोजना बनाउने काम भईरहेको छ।’

उनले संघीय पर्यटन मन्त्रीको अध्यक्षतामा बस्ने विषयगत समितिको बैठकमा निजी क्षेत्रलाई समेत सहभागी गराउने काम भईरहेको उल्लेख गरे ।

उनले मन्त्रालयले तयार गरेको नागरिक उड्डयन सम्बन्धी नीति मन्त्रिपरिषद्बाट पारित भईसकेको, संस्कृति नीति मन्त्रिपरिषद्को विधायन शाखामा पुगेको, पर्यटन नीति हवाई नीतिको काम समेत अघि बढिसकेको प्रष्ट पार्दै आगामी हिउँदे अधिवेशनबाट, विधेयकहरु पारित हुने विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मन्त्रीपरिषद्कै कार्ययोजना अनुरूप कार्य सञ्चालन भईरहेको समेत बताए ।

Health Tips Ad Road Block