Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंमा यी स्थानमा आज काटिँदैछ बिजुली

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणले सो फिडरअन्तर्गत ग्राहक वर्गमा पर्नजाने असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा अगाडि नै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

Health Tips Ad Road Block