काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको केही समय अघि चीन भ्रमणका क्रममा भएको नेपाल–चीनबीच भएको फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन(बिआरआई)को हस्ताक्षरित दस्ताबेज सरकारले सार्वजनिक गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमणकाक्रममा मंसिर १८ गते भएको बिआरआई सम्झौतालाई सरकारले सार्वजनिक गरेको हो ।
त्यसमा वित्तीय सहयोग (एड फाइनान्सिङ) शब्द राखेर हस्ताक्षर गरिएको छ । दुई देशको आपसी सहमतिमा आवश्यकता अनुसार परियोजनाको वित्तीय मोडालिटी तयार गरेर त्यसमा लगानी सुनिश्चित गरिने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा डडेलधुरास्थित अमरगढी सिटी हल, टोखा–छहरे सुरुङमार्ग र जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्गसहित १० परियोजना निर्माणमा पनि सम्झौता भएको छ। त्यसैगरी बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएका परियोजनामा हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन्।
बिआरआई फ्रेमवर्क हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।






















