काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको अधिवबेशन सहितको छैठौं बार्षिक साधारण सभाले खेमराज वलीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । खानेपानी मन्त्री प्रदीप यादवको आतिथ्यतामा महासंघको नयाँ नेतृत्व निर्विरोध चयन भएको हो ।
वली तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था प्रतिनिधित्व गर्दछन् । महासंघको निवर्तमान अध्यक्ष टोरुप प्रसाई (बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), वरिष्ठ उपाध्यक्ष रामचन्द्र उपाध्याय (खैरनीटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), उपाध्यक्ष जानका के. सी.(बृहत बिजुवार खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), महासचिव दुर्गा बराल (फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), सचिव तेज बहादुर चलाउने (लम्की खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), कोषाध्यक्ष नारायणी भट्टराई (लेखनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), सह-कोषाध्यक्ष गोविन्द गिरी (काकडभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ), कार्य समिति सदस्यहरुमा विद्या श्रेष्ठ(वालिङ, टेक नारायण भुसाल(कोहलपुर, टिकादत्त जोशी(अत्तरीया, कमला गजुरेल सुवेदी(चितवन पर्सा, केशर प्रसाद निर्दोशी(कास्की, शारदा ढकाल(सिन्धुली, ओम खड्का(त्रियुगा, सन्तोष कुमार रौनियार(सुनसरी, संजिव श्रेष्ठ(नुवाकोट, जल कुमार गुरुङ्ग(बिर्तामोड रहेका छन् ।
अधिवबेशनले ९ बुँदे घोषणा पत्र जारी गरेको छ ।
१. आन्तरिक राजश्वमा PAN वा VAT मा समाबेस हुनु पर्ने भएबाट अत्यावश्यक दैनिक जीवनमा नभै नहुने खानेपानी उत्पादन गर्ने मुनाफारहित संस्थालाई असर पर्ने भएकोले खानेपानी जस्तो आधारभुत विषयमा राज्यले कर छुट दिनु पर्ने ।
२. विद्युत महसुलको कारण पानीको उत्पादन लागत बढी भई उपभोक्तालाई प्रत्यक्ष मार परीरहेकोले खानेपानीमा विद्युत महसुल पूर्ण छुट हुनु पर्ने ।
३. राजमार्ग, सडक तथा भित्री सडक विस्तारले खानेपानीको मूल एवं संरचना एक पछि अर्को क्षति भएकोले समयमै क्षति मुल्याङ्कन गरी DPR मा राखी BOQ बनाउन नेपाल सरकार, सडक विभाग, प्रदेश सरकार स्थानीय तहको गम्भिर ध्यानाकर्षण गराउने ।
४. खानेपानी आयोजनाको DPR बनाउँदा सरसफाईलाई महत्व राखी सरसफाईको पक्षमा जोड दिन आह्वान गर्ने ।
५. संघीयता कार्यान्वयनसँगै मुलकभर वितरण भएका खानेपानी गुणस्तरीय हुनुपर्ने भएकोले, प्रविधी मैत्री गुणस्तरीय खानेपानी वितरण गर्न सम्बद्न् पक्षसँग आवह्वान गर्ने ।
६. मुलुकमा तीव्र गतिमा भएको पूर्वाधार विकासले खानेपानीका संरचना र वितरण प्रणालीमा साथै वातावरणीय असन्तुलन हुने गरी खानेपानीका संरचनाहरुमा प्रत्यक्ष क्षति पुग्ने गरेको हुँदा यसले खानेपानी उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरेको कारण वातावरणीय सन्तुलन हुने गरी विकासका गति अघि बढाउन आह्वान गर्ने ।
७. सेवामुलक खानेपानी उपभोक्ता संस्थाहरुलाई नगर विकास कोषबाट प्रवाह भएको ऋण र ब्याजमा पूनः समायोजन गरी शुलभ सेवा प्रवाह हुनु पर्ने ।
८. महासंघ कुनै पनि प्रकारका संघ संस्था र निकायसँग समन्वय गरी सहयोगी संस्थाको रुपमा अगाडि बढ्ने ।
९. खानेपानीलाई शुद्ध र मापदण्ड अनुरुप गुणस्तरीय कायम राख्ने प्रतिबद्धतासहित अन्य विभिन्न निर्णय सहित उपस्थित सबैलाई धन्यवाद दिंदै अधिबेशन सहितको छैठौं बार्षिक साधारण सभा बिसर्जन ।






















