ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनएमबि बैंकले शेयरधनीलाई लाभांश नदिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको शुक्रबार बसेको संचालक समितिको ४७८औँ बैठकले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभामा पेश गर्ने सञ्चालक समितिले निर्णय लिएको छ ।

Health Tips Ad Road Block