ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

८० कम्पनीको करिब ५० अर्बको आइपीओ आउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा ८० कम्पनीले करिब ४९ अर्ब ४८ करोड ३० लाख साधारण शेयर (आइपीओ) जारी गर्न अनुमति मागेका छन् । धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएसँगै सर्वसाधारणका लागि आइपीओ जारी गर्न बाटो खुल्ने पनि भएको छ । नयाँ अध्यक्ष आएसँगै बोर्डले सबै ८० आवेदकको अनुमतिका लागि प्रक्रिया अगाडि बढेको जनाएको छ ।

यी कम्पनीहरुले ३४ करोड १० लाख एक हजार ८० कित्ता शेयरका लागि आवेदन दिएको सेबोनले जनाएको छ । यहाँ कम्पनीहरुले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) का लागि पनि आवेदन दिएका छन् ।

बोर्डमा सबैभन्दा धेरै ४० जलविद्युत आयोजनाले १६ करोड ३६ लाख ५ हजार ४६४ कित्ता आइपिओ जारी गर्न माग गर्दै आवेदन दिएका छन् ।

जलविद्युत्अन्तर्गत सानिमा हाइड्रोपावर लिमिटेड, हिमस्टार ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, बेनी हाइड्रोपावर लिमिटेड, यमलिङ हाइड्रोपावर लिमिटेड, मबिलुङ हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेड, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावर लिमिटेडलगायतका कम्पनीको आइपीओ निष्काशनको निवेदन परेको छ ।

होटेल तथा पर्यटन क्षेत्रका सात कम्पनीले ३ करोड ५३ लाख ६० हजार कित्ता, लगानी समूह अन्तर्गत तीन वटा कम्पनीले १ करोड ५६ लाख ७३ हजार ५ सय कित्ता, उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि आवेदन दिएका छन् ।

अन्य समूहका १० कम्पनी आइपिओ पाइपलाइनमा छन् ।

Health Tips Ad Road Block