ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

टिकटकले १८ करोड भिडियो हटायो, जारी गर्यो क्यू टू २०२४ कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्ने निरन्तरको प्रतिबद्धता अनुरुप आफ्नो क्यू टू २०२४ कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट जारी गरेको छ। अप्रिलदेखि जुन २०२४ सम्मको तथ्याङ्कलाई समेट्ने रिपोर्टमा टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गर्न र हटाउनका लागि उठाएका सक्रिय कदमहरूको विवरण समावेश छ। यस रिपोर्टले टिकटकको विश्वव्यापी कम्युनिटीको लागि सकारात्मक अनुभवको समेत सुनिश्चितता प्रदान गर्दछ।

टिकटकले यस त्रैमासिकमा विश्वव्यापी रूपमा १७,८८,२७,४६५ ओटा भिडियोहरू हटाएको थियो । जुन सङ्ख्याले यस प्लेटफर्ममा अपलोड गरिएका सबै कन्टेन्टको लगभग १.० प्रतिशतको प्रतिनिधित्व गर्दछ। हटाइएका भिडियोहरू मध्ये १४,४४,३०,१३३ ओटा भिडियोहरू अटोमेटेडडिटेक्सन प्रविधिहरू प्रयोग गरेर पत्ता लगाई हटाइएको थियो । जबकि ५३,९४,३१८ ओटा भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएको थियो। सक्रिय हटाउने दर ९८.२ प्रतिशतमा रह्यो भने ९३.५प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट गरेको २४ घण्टाभित्र हटाइएको थियो।

यस प्राविधिक विकासले टिकटकलाई आफ्ना मोडेरेसन प्रयासहरू मापन गर्न र बढ्दो विश्वव्यापी कम्युनिटीको लागि सुरक्षित वातावरण कायम गर्न सक्षम बनाउने विश्वास लिइएको छ । ९८.२ प्रतिशतको सक्रिय डिटेक्सन दरसँगै प्रयोगकर्ताहरूसम्म पुग्नु अघि नै हानिकारक सामग्रीलाई सम्बोधन गर्ने सवालमा टिकटक पहिलेभन्दा अझ बढी कुशल बनेको दाबी गरिएका छ। रिपोर्टले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणालीहरूको शुद्धता र प्रभावकारितालाई सुदृढ गर्दै पुनर्स्थापित भिडियोहरूमा आएको ५० प्रतिशत कमीलाई पनि हाइलाइट गर्दछ।

रिपोर्टले हटाइएका भिडियोहरूको महत्त्वपूर्ण भाग—३१५—मा टिकटकको कन्टेन्ट नीतिहरूसँग नमिल्ने संवेदनशील वा अपरिपक्व विषयवस्तुहरू रहेको कुरा पनि संकेत गर्छ। थप १५.१ प्रतिशत भिडियोहरूले भने यस अवधिमा प्लेटफर्मको सुरक्षा र सभ्यता मापदण्डहरू उल्लङ्घन गरेका र ४.७ प्रतिशतले भने गोपनीयता र सुरक्षा दिशानिर्देशहरू उल्लङ्घन गरेको पाइएको छ।

टिकटकका बारेमा

टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। टिकटकको मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मानिसको जीवनमा आनन्द ल्याउनु रहेको बताएको छ । टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छ भने यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोलर टोकियोका समेत रहेका छन्।

Health Tips Ad Road Block