ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री उद्धार कोषमा आयल निगमबाट ३ करोड सहयोग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल आयल निगमले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

असोज ११ र १२ गतेको भिषण वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट प्रभावित वर्गलाई राहत र पुनःस्थापना गर्न नेपाल सरकारले देखाएको दृढता र सक्रियतामा थप सहयोग पुर्याउन निगम संचालक समितिको निर्णय अनुसार नेपाल आयल निगम लिमिटेडको तर्फबाट सहयोग भएको हो ।

निगमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

Health Tips Ad Road Block