ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गेका हुन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकामा कोषलाई धन्यवाद दिए ।

यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पु¥याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । यो भन्दा अघि पनि कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ । उक्त वर्षाको कारण करिब १७ अर्ब रुपैयाँ बराबर नोक्सानी भएको क्षतिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भए पनि क्षतिको विवरण यो भन्दा बढी हुन सक्ने बताइएको छ ।

Health Tips Ad Road Block