ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए ।

संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ।

न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको थियो। प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यसैबिच संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

Health Tips Ad Road Block