ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

देशभरको घनघोर वर्षाले जनजीवन प्रभावित, कुलेखानीको बाँध भरिएपछि ढोका खोलियो

आज पनि निरन्तर झरी पर्ने हुँदा सतर्क रहन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दुई दिनदेखिको घनघोर वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो, डुबानका घटना भएका छन् । वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ । कतिपय स्थानमा बाढीले मानिससहित, घरगोठ, पशुचौपाया, सरसामग्री बगाएको छ । त्यसैगरी राजधानी उपत्यकाका नदीसहित साना ठूला नदीहरुले जलसतह पार गरेको छ । धेरैतिर नदीले जलसतहको तह पार गरेपछि खतराको घण्टीको संकेत गरिएको छ ।

यता जलाशय भरिएपछि कुलेखानी जलविद्युत आयोजनाको २ वटा ढोका खुला गरिएको छ । जलाशयमा जोखिम नरहने गरी बाँधका ढोका खोलिएकोे कुलेखानी आयोजनाले जनाएको छ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले कुलेखानी बाँधको ढोका खोल्दा तल्लो नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

आज शनिबार पनि दिनभर निरन्तर झरी पर्ने मौसमविदहरुले बताएका छन् । बागमती र गण्डकी प्रदेशमा विशेषरुपमा झरी केन्द्रीत हुने अनुमान छ ।  अरु प्रदेशहरुमा पनि उत्तिकै सम्भावना छ । नदी केन्द्रित विवरणअनुसार नारायणी, देवघाट, बागमती, पधेरादोभान, कन्काई, मैनाचुली, कमला, वेलसोत, पूर्वी राप्ती, रजैया, पश्चिम राप्ती, कुसुम, बबई, चेपाङ, त्रिशूली लगायत नदीमा आज उच्च र मध्यम जोखिम रहने अनुमान छ ।

अविरल वर्षाका कारण जनधनको ठूलो क्षति हुनसक्ने खतरा भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न जल तथा मौसम विज्ञान विभागले सुझाएको छ ।

 

Health Tips Ad Road Block