ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अब प्रदेशस्तरीय उपभोक्ता मूल्य सूचकांक आउने, प्रदेश सरकारलाई पनि सहयोग पुग्ने केन्द्रीय बैंकको अपेक्षा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरी २०८०/०८१ लाई नयाँ आधार वर्ष मानेको छ । नयाँ आधार वर्ष तय गर्दै केन्द्रीय बैंकले अबदेखि प्रदेशको तथ्याङ्क निकाल्ने भएको छ । यसले प्रदेश सरकारलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी राष्ट्र बैंकले मूल्य सूचक वस्तुहरुको सूचि पनि परिवर्तन गरेको छ । विगतमा ४९६ वटा वस्तुको मूल्यका आधारमा सूचकांक तयार गर्ने गरेको केन्द्रीय बैंकले समयको परिवर्तनसँगै असान्दर्भिक १०६ वटा वस्तु हटाएको छ भने १३५ वटा नयाँ वस्तु थप गरेर ५२५ पुर्याएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

आधार वर्ष परिवर्तनसँगै वस्तु समूहको भार पनि संशोधन भएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकले सोधनान्तर स्थितिको तथ्याँक संकलन र प्रस्तुतीकरणको विधि परिमार्जन गरेको छ । यसअघि बिपिएम–५ का आधारमा शोधनान्तरको स्थिति विवरण सार्वजनिक हुँदै आएकामा विपिएम–६ कार्यान्वयन थालिएको छ ।

Health Tips Ad Road Block