ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंक कर्मचारी संघको फुटसल टुर्नामेन्ट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंक भित्रको जेठो तथा सक्रिय कर्मचारी संगठनको रूपमा रहेको नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले असोज ३ देखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तर बैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्न गर्ने भएको छ । “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू बीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहने कर्मचारी संगठनले जनाएको छ ।

यही भदौ ३० गते आइतबार एक समारोहका बीच उक्त टुर्नामेन्टको महिला तथा पुरूषतर्फको समूह विभाजन तथा ट्रफी सार्वजनिक गर्ने कार्य सम्पन्न भएको छ । प्रभु बैंक मुख्य प्रायोजक रहेको यस टुर्नामेन्टको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एन.आई.सी एसिया बैंक, ग्लोबल आइ.एम.इ. बैंक, आइ.सि.एफ.सी फाइनान्स्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एन.एम.बि. बैंक, साइन रेसुंगा विकास बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेका छन् । उक्त टुर्नामेन्टमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मेडिकल पार्टनर, वोटलर्स नेपाल लिमिटेड र एसिएन थाइ फुड्स प्रा.लि. विभरेज पार्टनर तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीमा पार्टनरको रुपमा रहनेछन् । टुर्नामेन्ट हाँडीगाँउ स्थित धनयन्तरी स्पोटर््स हवमा सञ्चालन हुनेछ ।

नेपाल राष्ट्र बैंक सहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवम् आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिने छ । महिला तथा पुरुष तर्फको विजेता टोलीले रु.१ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले रु.५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष तर्फको उपाधि रक्षाको लागि एन.आइ.सी एसिया बैंक तथा महिला तर्फको उपाधि रक्षाको लागि ग्लोबल आइ.एम.इ बैंकले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया पश्चात समितिले दोस्रो संस्करण सञ्चालन गर्ने निर्णय गरिएको संघका अध्यक्ष प्रकाश पोख्रेलले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block