ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आइसरले ल्यायो ‘दशैंको हर्ष,आइसरको बर्ष’ योजना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कर्मसियल भेहिकलमा अग्रणी विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा अत्याधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड बतास एमएडब्लु, बतास मोरङ्ग अटो वक्र्स कमर्सियल भेहिकल आइसरले दशैं, तिहार, छठ पर्व चाडलाई लक्षित गर्दै ‘दशैंको हर्ष,आइसरको बर्ष’ अफर योजना ल्याएको छ । ‘दशैंको हर्ष,आइसरको बर्ष’ अफर योजनाअन्र्तगत ग्राहकवर्गहरुका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशत सम्मको सरल फाइनान्स, २५ लाख सम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुबिधा प्रदान गरेको छ । यस योजनाले सबै ग्राहकहरूलाई विशेष प्राथमिकताका साथ गाडी सञ्चालकहरु, चालकहरू, शिक्षण संस्थाहरू, निर्माण कम्पनीहरू आदिलाई लक्षित गर्दै योजनाअन्र्तगत चालकहरूको लागि बीमा (चालक÷मालिक),शून्य सेवा लागत,(गाडी सञ्चालकहरु) तथा टुर प्याकेजहरू (निर्माण कम्पनीहरूका लागि), ल्यापटपहरू, प्रोजेक्टरहरू (शिक्षण संस्थाका लागि) योजनामा समावेश गरिएका छन् । यो योजना यहि असोज १ गते देखि नेपाल अधिराज्यभर लागू भएको कम्पनीले जनाएको छ ।

ग्राहकहवर्गले आइसरका देशभरीका शो रुमबाट यो अवसरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा आइसरका गाडीहरु बिक्री गर्दै आईरहेको छ । बतास समूह र मोरङ अटो वकर््सको गठबन्धनले नेपालमा आइसरको क्षितिज फराकिलो गर्दै काम गरिरहेको छ । नेपालमा आइसरका ११ शाखाहरु,४ डिलर र १६ सहित देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । ग्राहकवर्गले आइसरका विद्यमान दायराहरूमा विस्तृत विकल्पहरू ४ पाङ्ग्रे ट्रकदेखि १६ पाङ्ग्राहरू, ५ टनदेखि २५ टन लोडिङ क्षमताका उत्पादनहरु छनोट गर्न सक्नेछन् । साथै आइसरले अत्याधुनिक नाइट बस पनि भित्र्याइसकेका जनाएके छ । यसले नेपालमा विद्यमान लामो रुटका बसमा बिधमान समस्याहरुलाई हल गर्ने लक्ष्य लिएको आइसरका कार्यकारी निर्देशक दिपक अग्रवालले बताए ।

आइसर विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको छ । आइसरले भोल्भो र आइसरका संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

Health Tips Ad Road Block