ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा बाल अस्पतालको पूर्वाधार निर्माणका लागि पचास लाख सहयोग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई पचास लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

बैंक कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अधिकारी, नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट डा. भगवान कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैंकबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्य लिई स्थापना भएको काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।

Health Tips Ad Road Block