ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

युनेस्को र सेन्ट् जेभियर्स कलेजबीच पत्रकारितामा एआई उपकरणहरूको प्रयोगसम्बन्धी तालिमका लागि सहकार्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सेन्ट् जेभियर्स कलेजर युनेस्को कार्यालय, काठमाडौंको सहकार्यमा दुई दिने समाचार लेखन कार्यशाला सम्पन्न भएको छ। कलेजको पत्रकारिता संकायको संयोजनमा आयोजना भएको कार्यशालामा पत्रकारिताका विभिन्न पक्षहरूका साथै एआई उपकरणहरूको प्रयोग पनि समेटिएको थियो।

कलेजले काठमाडौं उपत्यकाका चार सार्वजनिक र सामुदायिक कलेजहरू रत्न राज्य लक्ष्मी क्याम्पस, मदन भण्डारी मेमोरियल कलेज, नमुना मच्छिन्द्र कलेज र नेपाल कमर्स क्याम्पसका पत्रकारिता अध्ययनरत १२ विद्यार्थीहरूलाई र सेन्ट् जेभियर्स कलेजका १५ विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाका लागि लेख, पिच, र समाचार लेखनमा हुने समान्य त्रुटिहरुका विषयमा तालिम दिएको थियो।

कलेजले राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूलाई निमन्त्रणा गरेको थियो, जसमा एआई विशेषज्ञ नरेश नेवारले विद्यार्थीहरूलाई तालिम दिए। उनले एआईलाई सहायकको रूपमा प्रयोग गर्न विद्यार्थिहरुलाई सुझाएका छन्। उनले एआईलाई सामग्री निर्माण, सामाजिक सञ्जालका पोस्टहरू वा तस्विरहरू बनाउन, र विचार उत्पन्न गर्न प्रयोग गर्नु उचित हुने बताए। उनले भने,“एआईको जति बढी अभ्यास गरिन्छ, त्यति नै यसको सीमाहरू र यसको नैतिक प्रयोग बुझ्न सकिन्छ।”

न्युयोर्क टाइम्सका पत्रकार भद्र शर्माले आफूले मिडियाका लागि लेखेका समाचार पिच र रिपोर्टिङका अनुभव सुनाएका थिए । बेलायती लेखक लुइसा कमलले समाचार लेखनमा देखिने सामान्य त्रुटिहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिेकी थिईन् ।

तालिममाक्रममा मदन भण्डारी कलेजका सहभागीमध्ये एक, निशान्त अधिकारीले कार्यशालामा सहभागी हुन पाँउदा निकै खुशी भएको बताए।“यस कार्यशालाले मेरो एआई उपकरणहरूको बुझाइ र सीपलाई अझ सशक्त बनायो। म यसअघि पनि यसको अभ्यास गरिरहेको थिएँ, तर प्रशिक्षकहरूले मेरो सोचलाई थप विस्तारित गरिदिए,”अधिकारीले भने।

सेन्ट् जेभियर्स कलेजले पत्रकारिता अध्ययनरत विद्यार्थीहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२१ देखि समाचार लेखन कार्यशाला सञ्चालन गर्दै आएको छ। पहिलो पटक युनेस्कोसंग सहकार्य गरेर आयोजना गरिएको यस चौथो समाचार लेखन कार्यशालाले भविष्यमा विद्यार्थिहरुको पत्रकारिताको यात्रामा सहयोग पुग्ने अपेक्षा रहेको कलेजले जनाएको छ।

Health Tips Ad Road Block