ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंक अन्तर्गतको आरविवि मर्चेन्ट बैंकिङ्गले १८ प्रतिशत नगद लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ सम्मको मुनाफाबाट कम्पनीको शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८% ले हुन आउने रकम ३,६०,००,००० रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको नवौं वार्षिक साधारण सभामा यो विषय पेश गर्ने निर्णय भएको हो । कम्पनीले शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई विगतवर्षहरु देखि नै लगातार नगद लाभांश वितरण गर्दै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवद्र्धक रही यस कम्पनी योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड १ र आरविविम्युचुअल फण्ड २ ले आ.व.२०८०/०८१ को लागि योजनाको इकाई धनीहरुलाई करसहित क्रमशः३.८१% र ८.७४% का दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णयसमेत गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको देशभर रहेका २९४ वटा शाखा कार्यालयहरुबाट हितग्राही तथा मेरो शेयर खाता खोल्ने कार्य पनि भइरहेको छ । कम्पनीले दूरदराजमा रहेका लगानीकर्तालाई हितग्राही खाता खोली लगानीको अवसर प्रदान गर्दै आइरहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को मसान्त सम्ममा हितग्राही खाताको संख्यामा वृद्धि भइ करिब दुई लाख पुग्न लागेको र मेरो शेयरको ग्राहकको संख्या डेढ लाखमाथि पुगेको बैंकले जनाएको छ । यस कम्पनीले १५ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको कार्य गर्दै आईरहेको । यस कम्पनीले विभिन्न संस्थाको आइपीओ, एफपीओ, हकप्रद शेयर निष्काशन तथा व्यवस्थापनको कार्यहरु गर्दै आएको छ ।

 

Health Tips Ad Road Block