ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना  

Citizenlife ad 2082 falgun to baishak 2083
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना ल्याएको छ । बैंकले नजिकिँदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि ‘फेस्टिभ अफर अफ भेहिकल लोन’ गाडी कर्जा योजना ल्याएको हो ।
मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने जनाएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मूल्यको विधुतीय गाडी (इभी) को हकमा बढीमा ८० प्रतिशत र पेट्रोल÷डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने भएको छ ।
बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने बैंकको यो योजना २०८१ भदौ १ देखि कातिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ । यो योजना अन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने पनि बैंकले स्पष्ट पारेको छ । निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने बैंकको भनाइ छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने बैंकले जनाएको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ ।
Health Tips Ad Road Block