ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

खुल्ला आकाशमा फेरि अर्काे विमान दुर्घटनामा ६१ जनाको मृत्यु, ब्राजिल शोकमग्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ब्राजिलको साओ पाउलो एक विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । दुई वटा इन्जिन भएको एटीआर ७२–५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडेको थियो । विमान अवतरणअघि नै भिन्हेडो शहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोअनुसार विमान घुम्दै सिधै तल खसेको देखिएको छ । दुर्घटनाग्रस्त विमान आवासीय क्षेत्रमा खसेको देखिएको छ ।

दुर्घटनाग्रस्त विमानको फ्लाइट डाटा रेकर्डर प्राप्त भएकाले दुर्घटनाबारे अनुसन्धानकाक्रममा थप विवरण पत्ता लाग्ने बताइएको छ ।

यता ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुलाले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नरले तीन दिने शोकको घोषणा गरेका छन् ।

Health Tips Ad Road Block